• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सशस्त्र प्रहरीकाे एआईजीमा राजु अर्याल सिफारिस

सनराइज खबर संवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस हुनुभएकाे छ ।

आइतबार राति बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । याेसँगै अर्याललाई वैशाख १९ गतेपछि सशस्त्र प्रहरीको आईजीपी बन्ने बाटाे खुलेकाे छ ।

प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सेवानिवृत्त भएपछि सरकारले एआईजी पुष्पराम केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ । तर केसीले उमेर हदका कारण वैशाख १९ गते अवकाश पाउँदै हुनुहुन्छ । त्यसपछि अर्याल ४ सशस्त्रको नयाँ आईजीपी बन्नुहुनेछ ।

 

 

 

प्रतिकृया दिनुहोस