• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाली सेनामा चार हजार जनालाई जागिर खुल्यो

सनराइज खबर संवाददाता

काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको जङ्गी अड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरी सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिटको लागि आवेदन आह्वान भएको छ । समावेशीतर्फ महिलाको लागि  ३ सय ५८, आदिवासी जनजातिको लागि ५ सय ७२, मधेसीको लागि ५ सय ५, दलितका लागि २ सय ७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिटको लागि दरखास्त आह्वान गरिएको छ । सैनिक सन्ततिको लागि १ सय १० सिट छुट्याइएको छ ।  

आवेदन दिनको लागि १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेको र कक्षा आठ उत्तीर्ण भएको हुनुपर्ने छ । बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । उम्मेदवारले साधारण दस्तुरमा वैशाख १६ भित्र र दोब्बर दस्तुर तिरेर वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

 

प्रतिकृया दिनुहोस