नेपाली सेनामा चार हजार जनालाई जागिर खुल्यो
काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको जङ्गी अड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरी सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।
खुलातर्फ २ हजार ९८ सिटको लागि आवेदन आह्वान भएको छ । समावेशीतर्फ महिलाको लागि ३ सय ५८, आदिवासी जनजातिको लागि ५ सय ७२, मधेसीको लागि ५ सय ५, दलितका लागि २ सय ७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिटको लागि दरखास्त आह्वान गरिएको छ । सैनिक सन्ततिको लागि १ सय १० सिट छुट्याइएको छ ।
आवेदन दिनको लागि १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेको र कक्षा आठ उत्तीर्ण भएको हुनुपर्ने छ । बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । उम्मेदवारले साधारण दस्तुरमा वैशाख १६ भित्र र दोब्बर दस्तुर तिरेर वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।


प्रतिकृया दिनुहोस