प्रधानसेनापति शर्मा आज भारत जाँदै
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै हुनुहुन्छ ।
भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारतकाे नयाँ दिल्ली जान लाग्नुभएकाे हाे । प्रधानसेनापति नेतृत्वकाे ९ सदस्यीय सैनिक टाेली चार दिने भारत भ्रमणका लागि नेपाली सेनाकाे जहाजबाट नयाँ दिल्ली प्रस्थान गर्नेछ ।
प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो । प्रधानसेनापति शर्मालाई कात्तिक २४ गते भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँगसमेत भेटवार्ता गर्नुहुनेछ ।


प्रतिकृया दिनुहोस