• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा र संयुक्त राष्ट्र संघका सहायक महासचिवबीच भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्र संघका सहायक महासचिव (एएसजी) क्रिस्चियन सन्डर्सबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।

उहाँहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा आज भेटवार्ता भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । राष्ट्र संघद्वारा हरेक चार वर्षमा  प्रतिपूर्ति दलको समीक्षाका लागि गरिएको चौथो वार्षिकका सम्बन्धमा छलफल तथा निरीक्षणका लागि सन्डर्सको नेतृत्वकाे निरीक्षण टोली सोमबार नेपाल आएको हो ।

टोलीलाई उपरथी सीताराम खड्काले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएकाे निर्देशनालयले जनाएकाे छ । टाेली २ दिन नेपालमा रहनेछ । सन्डर्सले भाेलि पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको भ्रमण गर्नुहुने कार्यक्रम छ । उहाँले भाेलिन नै रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने नेपाली सेनाले जनाएकाे छ ।साे टाेली भाेलि नै स्वदेश फर्कने तालिका छ ।

प्रतिकृया दिनुहोस