कलंकीको होटलमा सामूहिक बलात्कार, एकजना पक्राउ
काठमाडौं । कलंकीस्थित पशुपती गेष्ट हाउसमा १७ वर्षिया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छिन् ।
बुधवार दिउँसो दैलेखबाट काठमाडौं आएकी किशोरीलाई धादिङ घर भई कलंकी बस्दै आएका रविन श्रेष्ठ र मदन थापामगरले फकाउँदै गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सामूहिक बलात्कारमा संलग्न धादिङको गजुरी–१ का रविन श्रेष्ठलाई महानगरीय प्रहरी वृत कालिमाटीले पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका घर भई कलंकी बस्दै आएका ३० बर्षिय मदन थापामगर फरार भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस