• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र कार्यवाहक पाकिस्तानी राजदूत अड्नन जावेद खानबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मा र राजदूत जावेदबीच सैनिक मुख्यालय जंगी अड्डामा बुधबार भेटवार्ता भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । उहाँहरुबीच द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस