प्रधानसेनापति र पाकिस्तानी कार्यवाहक राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र कार्यवाहक पाकिस्तानी राजदूत अड्नन जावेद खानबीच भेटवार्ता भएको छ ।
प्रधानसेनापति शर्मा र राजदूत जावेदबीच सैनिक मुख्यालय जंगी अड्डामा बुधबार भेटवार्ता भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । उहाँहरुबीच द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाले जनाएको छ ।


प्रतिकृया दिनुहोस