• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सशस्त्रका ११ डीआइजीकाे सरुवा

खबर स‌ंवाददाता

काठमाडाैं । सशस्त्र प्रहरीका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) को सरुवा भएकाे छ ।

गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ११ जना डीआइजीकाे काज सरुवा गरिएकाे सशस्त्र प्रहरी बल मुख्यालयले जनाएकाे छ । जसअनुसार राजु अर्याललाई पशुपतिनाथ बाहिनीबाट प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ।

मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा हनुभएकाे छ । उहाँ ३ नम्बर बाहिनी मुख्यालय मकवानपुरमा कार्यारत हुनुहुन्थ्याे ।

सशस्त्र प्रहरीको पोखरास्थित बाहिनीमा कार्यरत नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव स्राेत विभागमा सरुवा हुनुभएकाे छ । पोखरामा शम्भु सुवेदीलाई सरुवा गरिएकाे छ । चन्द्रप्रकाश गौतम सीमा सुरक्षा विभागमा सरुवा हुनुभएकाे छ । वंशीराज दाहाललाई पशुपतिनाथ बाहिनी काठमाडौंमा सरुवा गरिएकाे छ ।

सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा कार्यरत दुर्गाप्रसाद भट्टराईको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ । कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेशमा सरुवा भएकाे छ । कमल गिरीलाई १ नम्बर प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा गरिएकाे छ ।

 गणेश ठाडा मगर २ नम्बर प्रदेशमा सरुवा हुनुभएकाे छ । किशोर प्रधानलाई वाग्मती प्रदेश ३ नम्बर बाहिनी मुख्‍यालय मकवानपुर पठाइएकाे छ ।

 

प्रतिकृया दिनुहोस