प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीबीच भेटवार्ता भएको छ ।
प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच बुधबार भेटवार्ता भएकाे हाे । जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाकाे विश्वास छ ।


प्रतिकृया दिनुहोस