जेल बसेको ३० महिनापछि निर्दोष, सेनाका दुई जवान रिहा
काठमाडौं । हतियार चोरी अभियाेगमा दोषी ठहरिएर जेल बसेका नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन् ।
निर्दाेष ठहरिएसँगै उनीहरु रिहा भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट(एसएमजी) हतियार चोरी गरेको अभियाेगमा कैद भुक्तान गरिरहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका हुन् ।
सैनिक विशेष अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली हुने भएको छ । तर उनीहरुकाे बढुवा भने ३ वर्षका लागि रोकिने भएकाे छ ।
०७५ पुसमा सैनिक ब्यारेकबाटै (सर्ट मेसिन गन) चोरी गरेको अभियाेगमा उनीहरु पक्राउ परेका थिए । समरी अदालतबाट उनीहरु ०७५ चैतमा कारागार चलान भएका थिए ।


प्रतिकृया दिनुहोस