पाँच हजार घुस लिएकाे अभियाेगमा वरिष्ठ हवल्दार पक्राउ
काठमाडाैं । आयोगले पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहलाई पक्राउ गरेको छ ।
घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामान नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पाइएको आरोप लागेको छ ।
आरोपी साहको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिकृया दिनुहोस