न्युरोडबाट १६ लाख लुटिएकाे नाटक गर्ने नगदसहित पक्राउ
काठमाडौं । आइतबार साढे १ बजे महानगरीय प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुममा एउटा गम्भीर सूचना आयो । सूचना यस्तो थियो, ‘न्युरोडबाट मोटरसाइकलमा आएका दुई जनाले मेरो १६ लाख रुपैयाँ लुटेर भागे !’
प्रहरी कन्ट्रोलको १०० नम्बरमा आएको त्यो सूचना निकै गहकिलो थियो । महानगरीय प्रहरी कार्यालयले तत्काल काठमाडौं प्रहरी र अपराध महाशाखालाई लुटेरा पहिचान गरेर पक्राउ गर्न आदेश दियो ।
तर, तीन घण्टाको मेहनतपछि प्रहरी आफैँ चकित पर्यो । भारतीय नागरिक मनीषकुमार साहले १६ लाख रुपैयाँ डल्लुस्थित एउटा गोप्य ठाउँमा लुकाएर आफू लुटिएको नाटक गरेका रहेछन् ।
‘हामीले मनीषलाई नगदसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होबिन्द्र बोगटी भन्छन्, ‘उनले किन लुटिएको नाटक गरे, हामी अनुसन्धान गर्छाैं ।’


प्रतिकृया दिनुहोस