• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

गाउँपालिका उपाध्यक्ष र वाडाध्यक्षलाई एक वर्ष कैद सजाय 

नवराज पथिक/ आइएनए न्युज एजेन्सी

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडा नम्बर ७ का अध्यक्षलाई अदालतले एक÷एक वर्षको कैद सजाय सुनाएको छ । 

गाउँपालिका उपाध्यक्ष दिपशिखा दाहाल र वडाध्यक्ष सुवास बोहोरालाई काठमाडौं जिल्ला अदालतले एक÷एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो ।

जबरजस्ती चन्दा असुली मुद्दामा जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बिहीबार सो फैसला गरेको हो । उहाँहरुलाई गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई धम्क्याई जबरजसस्ती चन्दा असुल गर्न सहयोग गरेको आरोप लागेको थियो । 

मागे जति चन्दा नदिए मार्नेसम्मको धम्की दिने कार्यमा सहयोग गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्ष खड्काले उहाँहरु विरुद्ध जाहेरी दर्ता गराउनु भएको थियो ।  

सो मुद्दाका मुख्य अभियुक्त लोप्साङ तामाङलाई अदालतले ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । सहयोगी अमृत तामाङलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । लोप्साङ र अमृत तामाङलाई प्रहरीले २०७६ सालको साउन महिनामा काठमाडौंबाट गोली हानी पक्राउ गरेको थियो । 
 

प्रतिकृया दिनुहोस