• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

इलामबाट हतियारसहित तीन जना पक्राउ

रासस

इलाम । इलाम नगरपालिका-३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो छन् । 

इलाम र पाँचथरको सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम जिल्ला प्रहरी कार्यालय र पाँचथर जिल्लाको पौवास्थित इलाका प्रहरी चौकीको संयुक्त टोलीले चार नाल बन्दुक र त्यसमा प्रयोग गरिने बारुद, फलामका टुक्रालगायत खरखजना बरामद गरेको हो । 

गस्ती टोलीले खानतलासी गर्दा राईको गोठमा बारुद भरिएको बन्दुक एक नाल बन्दुकसहित फलामका टुक्रा तथा बारुद फेला पारेको थियो भने फागोको गोठबाट बारुद भरिएको एक नाल  बन्दुक र खाली दुई नाल बन्दुकसहित सोमा प्रयोग हुने बारुदलगायत खरखजना बरामद गरेको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेका व्यक्तिमाथि हातहतियार मुद्दामा इलाम जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस