सप्तरीमा कारको ठक्करबाट वृद्धको निधन
काठमाडौं । सप्दरीमा कारको ठक्करबाट एक वृद्धको निधन भएको छ । पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा बुधबार बिहान कारले ठक्कर दिँदा ती वृद्धको घटनास्थलमै निधन भएको हो ।
निधन हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं.२ बरमझिया का ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो ।
पुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा उहाँलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस