• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

भन्सार छली ल्याएकाे २ लाख ४९ हजार बराबरकाे सामान बरामद

सनराइज खबर संवाददाता

राैतहट ।  जिल्ला प्रहरी कार्यलय राैतहटले २ लाख ४९ हजार रुपैयाँ बढीकाे भन्सार छलीका सामान बरामद गरेको छ  ।  सीमा नाकामा चेकजाँचमा खटिएको प्रहरी टाेलीले भन्सार छलीका  विभिन्न सामान बरामद गरेकाे हाे ।

साईकलको ट्युव, धान काटने हंसिया, ढोकाको हैण्डल, बच्चाहरुका विभिन्न किसिमको कपडा, सौफी रक्सी, कस्तुरी रक्सी, मटर (केराउ) साईकल लगायत गरी २ लाख ४९ हजार ६ सय ५० रूपैयाँको सामान बरामद गरेकाे हाे ।

ती सामानहरू मंगलबार वेवारिसे अवस्थामा फेला पारिएकाे र सामान धनी अहिलेसम्म सम्पर्कमा नआएकाे प्रहरीले जनाएकाे छ । ती सामान थप अनुसन्धान र आवश्यक कारबाहीका लागि बुधबार गौर भन्सार कार्यालय बुझाइएकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस