सवारी दुर्घटनामा दुईको निधन, एक गम्भीर घाइते
लहान । बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाकाे ज्यान गएकाे छ । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा दुर्घटना हुँद एक गम्भीार घाइते भएका छन् ।
निधन हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्किँदा उनीहरुकाे निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस