• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मदिरामस्त चालकले गराए यस्तो दुर्घटना

सनराइज खबर संवाददाता

काठमाडौं । बा १३ च १०५४ नम्बरको बोलेरो जीप दक्षिणबाट उत्तरतिर जाँदै थियो । बा ५ च ४३४३ नम्बरको मारुती कार उत्तरबाट दक्षिणतिर आउँदै थियो । बोलेरोले मारुतीलाई जोडसँग ठक्कर दियो । 

घटना काठमाडौंको बालाजु स्थित चक्रपथ सडकको हो । दिउँसो साढे १२ बजेतिर भएको यो दुर्घटनाका दर्जनौं प्रत्यक्षदर्शी थिए । खाद्यान्न ढुवानी गर्ने सो बोलेर जिप अत्यन्तै तिब्र र अस्वाभाविक गतिमा आइरहेको थियो । उसले दिएको टक्कर यति जोडदार थियो कि मारुती कार फनक्क एक फन्को घुम्यो । अगाडिको भाग पूरै भत्कियो ।

यति भएपछि अर्काे कारलाई पनि ठक्कर लाग्यो । बा १२ च ९६५३ नम्बरको कारको एक भाग भत्कियो ।

त्यहाँ तत्काल प्रहरी आए । बोलेरोका चालकलाई समाते । तर, चालक भाग्न खोजे । उनी मदिरामस्त थिए । नाम हो उनको जितबहादुर थापा । उनलाई जर्बजस्ती प्रहरीले समातेर आफ्नो मोटरमा हाल्यो । त्यति ठूलो दुर्घटना हुँदा पनि उनलाई मदिराको नशाले छाडेको थिएन ।

यो दुर्घटनामा  मारुती कारका चालक सामान्य घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस