• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सशस्त्र प्रहरीको गोली लागेका युवकको निधन

सनराइज खबर

काठमाडौं ।  सशस्त्र प्रहरीको गोली लागि बुधबार साँझ गम्भीर घाइते भएका झापाको झापा गाउँपालिका–३ का एक युवकको निधन भएको छ । उनलाई उपचारको लागि अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको हो ।

गोली लागि घाइते भएका झापा गाउँपालिका –३ कामाटोलीका ३८  वर्षीय रसिकुल आलमको मृत्यु भएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो ।

साँझ सात बजेतिर गोलि लागि घाइते भएका उनलाई  विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा पुर्याइएको केही बेरमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयबासीले गोरु काटेको विषयमा बुधबार दिउँसो दुईजनालाई प्रहरीले पक्राउ गरेपछि विवाद बढेको थियो ।  स्थिति नियन्त्रण लिन सशस्त्र प्रहरीले गोली चलाउँदा आलमलाई गोली लागेको थियो ।

स्थानीयबासीले सशस्त्र प्रहरी माथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको प्रशासनको भनाइ छ । मृतक आलमको पेटमा गोली लागेको थियो ।

 

प्रतिकृया दिनुहोस