सशस्त्र प्रहरीको गोली लागेका युवकको निधन
काठमाडौं । सशस्त्र प्रहरीको गोली लागि बुधबार साँझ गम्भीर घाइते भएका झापाको झापा गाउँपालिका–३ का एक युवकको निधन भएको छ । उनलाई उपचारको लागि अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको हो ।
गोली लागि घाइते भएका झापा गाउँपालिका –३ कामाटोलीका ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिनुभयो ।
साँझ सात बजेतिर गोलि लागि घाइते भएका उनलाई विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा पुर्याइएको केही बेरमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयबासीले गोरु काटेको विषयमा बुधबार दिउँसो दुईजनालाई प्रहरीले पक्राउ गरेपछि विवाद बढेको थियो । स्थिति नियन्त्रण लिन सशस्त्र प्रहरीले गोली चलाउँदा आलमलाई गोली लागेको थियो ।
स्थानीयबासीले सशस्त्र प्रहरी माथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको प्रशासनको भनाइ छ । मृतक आलमको पेटमा गोली लागेको थियो ।


प्रतिकृया दिनुहोस