• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

माेटरसाइकल दुर्घटना: एकले ज्यान गुमाए, एक नदीले बगाई बेपत्ता भए

सनराइज खबर संवाददाता

दाङ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दाङमा एक जनाको ज्यान गुमाएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक गढवा गाउँपालिका–७ का २५ वर्षीय सुरज चौधरीको निधन भएको हो ।

लमही नगरपालिका-४ बलारामपुरस्थित सडकमा लु.५७ प ८८८० नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा शनिबार राति उनले ज्यान गुमाएका हुन् ।

दुर्घटना भई बलरामपुर नदीमा खसेका चौधरीको घटनास्थलबाट १५ मिटर टाढा नदीको किनारमा शव फेला परेको हो । साथै मोटरसाइकलमा सवार सोही स्थान बस्ने २५ वर्षीय मनोज चौधरी नदीले बगाई बेपत्ता भएका छन् ।

मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई बेपत्ताको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस