• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बराह क्षेत्रमा ढुङ्गाले लाग्दा एकको निधन, दुई घाइते

खबर स‌ंवाददाता

काठमाडौं । सुनुसरीको बराहक्षेत्र नगरपालिका– १ मा ढुङ्गाले लाग्दा एक जनाको निधन भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
 
बराहक्षेत्र नगरपालिका–१ का वडा अध्यक्ष सुरेश श्रेष्ठका अनुसार वडा नं १ को कोसीगढामा स्काभेटरले सडक सफा गरिरहेको बेला सडक मुनि गोरेटो बाटोमा पैदल हिँडेका यात्रीलाई माथिबाट आएको ढुङ्गाले लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोजपुर जिल्लाको आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेका छन् । घटनामा परी सोही स्थानका शंकर राई र अजय राई घाइते भएका छन् । उनीहरु बराहक्षेत्रबाट घर फर्कदै थिए ।

मृतकका आफन्तलाई बोलाई शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको वडाअध्यक्ष  श्रेष्ठले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस