इलामका १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
काठमाडाैं । काेराेनाविरूद्धको लडाईंमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित हुन पुगेका छन् । डाक्टर, नर्स, नेपाल प्रहरी, सशसस्त्र प्रहरी नेपाली सेना सबैमा काेराेना देखिएकाे छ ।
इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जना शसस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रादेशीक प्रयाेगशाला विराटनगरमा गरिएकाे परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएकाे सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४० जनाकाे स्वाब संकलन गरेर पठाइएकाेमा १७ जनामा संक्रमण पुष्टि भएकाे हाे । यसअघि पनि साे गणका १० जनामा संक्रमण देखिएकाे थियाे । याेसँगै इलाममा काेराेना संक्रमित सशस्त्र प्रहरीकाे संख्या २७ पुगेकाे छ ।


प्रतिकृया दिनुहोस