ओखलढुंगामा एम्बुलेन्स दुर्घटना, चालकको निधन
काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका–६ कात्तिके भिरमा बिहीबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको निधन भएको छ ।
वडा नं ९ का बिरामीलाई लिएर काठमाडौं जान हिँडेको एम्बुलेन्स दुर्घटनामा पर्दा चालक लिखु गाउँपालिका–४ का २३ वर्षीय सुदर्शन खत्रीको निधन भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स घुम्तिबाट सडकमा खसेको उहाँले जानकारी दिनुभयो । ‘भिरबाट खसेको एम्बुलेन्स किचिएर एउटै पोको परेको छ, चालकको मृत्यु भयो, प्रहरी आउँदै छ’, अध्यक्ष पौडेलले भन्नुभयो ।


प्रतिकृया दिनुहोस