• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

फालासैन बजारमा जीप दुर्घटना- १४ घाइते, दुईको अवस्था गम्भीर

सनराइज खबर

बाजुरा । बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा  सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अन्य सामान्य घाइते १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस