कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा एककाे निधन, जिप चालक फरार
घोडाघोडी । कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको निधन भएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार गम्भीर कोटकेनीको निधन भएकाे हाे । गोदावरी नगरपालिकाका –६ मा बस्दै आउनुभएका गम्भीर जोशीपुर गाउँपालिका –२ का निवासी हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा२०च ५१२८ नम्बरको जीप र से४प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा घटनास्थलमा नै उहाँकाे निधन भएकाे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुर्घटनापछि जीप चालक फरार भएका छन् । जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस