• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा एककाे निधन, जिप चालक फरार

सनराइज खबर

घोडाघोडी । कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको निधन भएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार गम्भीर कोटकेनीको निधन भएकाे हाे ।  गोदावरी नगरपालिकाका –६ मा बस्दै आउनुभएका गम्भीर जोशीपुर गाउँपालिका –२ का निवासी हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा२०च ५१२८ नम्बरको जीप र से४प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा घटनास्थलमा नै उहाँकाे निधन भएकाे  इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 

दुर्घटनापछि जीप चालक  फरार भएका छन् ।  जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस