रामेछापमा बोलेरो दुर्घटनामा परेका चालकको निधन
काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–४ स्थित बेथानमा बोलेरो दुर्घटनामा परेर घाइते भएका चालकको निधन भएको छ ।
आइतबार लोप्राङबाट बेथान तर्फ आउँदै गरेको बा.१४च १६१७ नम्बरको बोलेरो दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका चालक कल्याण खत्रीको उपचारको क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर चालक खत्रीका भतिज रविनराज खत्री घाइते भएका छन् ।
दुर्घटनापछि दुवैलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । रविनराजको उपचार भइरहेको छ, अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस