ट्रयाक्टर दुर्घटनामा उदयपुरकी नाै वर्षीया बालिकाको निधन
उदयपुर । उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै निधन भएको छ ।
जिल्ला प्रहरी कार्यलयका अनुसार निधन हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् । दुर्घटनामा परी स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ ।
जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताउनुभयो ।
प्रहरीले घटनास्थल पुगेर ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर पठाइएकाे छ भने घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस