कालिकोटमा ट्रिपर दुर्घटना, दुईजनाको निधन
काठमाडौं । कालिकोटको नरहरीनाथ नगरपालिका–१ स्थित कर्णाली नदीमा ट्रिपर खस्दा दुई जनाको निधन भएको छ ।
दैलेखबाट कालिकोटको रास्कोट जाँदै गरेको ना.८ख ५१३३ नम्बरको ट्रिपर कर्णली नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी बसन्त पन्तले जानकारी दिनुभयाे ।
विदेशबाट उद्धार गरिएका नेपालीलाई दैलेखको होल्डिङ सेन्टरबाट कालिकोटको रास्कोट स्थित क्वारेनटाइनमा राख्न ट्रिपरमा लैजाँदै गर्दा दुर्घटना भएको थियो ।
ट्रिपरमा ३९ जना सवार थिए । दुर्घटनामा परेर ६ जना बेपत्ता छन् । चार जना घाईते भएका छन् ।
मृतकको पहिचान भइसकेकाे छैन् ।


प्रतिकृया दिनुहोस