• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित झौंखेलमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । 

ब्यासीबाट झौंखेलतर्फ जाँदै गरेको बा.५ख ३११ नम्बरको मिनी ट्रक पल्टिएर चालक नवराज लाछिवाको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

आइतबार राति चाँगुनारायण नगरपालिका–३ स्थित झौंखेल कालिखोलामा ट्रक पल्टिएर ३५ वर्षीय लाछिवालाई च्यापेको थियो । 

क्रेनको सहायताले उद्धार गरेर उनलाई उपचारका लागि डा. ईवामुरा अस्पतालमा पठाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको निधन भएको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लापरवाहीपूर्वक तीब्र गतिमा चलाएको कारण मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएकाे खुलेको छ । 
 

प्रतिकृया दिनुहोस