भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको निधन
काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित झौंखेलमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
ब्यासीबाट झौंखेलतर्फ जाँदै गरेको बा.५ख ३११ नम्बरको मिनी ट्रक पल्टिएर चालक नवराज लाछिवाको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आइतबार राति चाँगुनारायण नगरपालिका–३ स्थित झौंखेल कालिखोलामा ट्रक पल्टिएर ३५ वर्षीय लाछिवालाई च्यापेको थियो ।
क्रेनको सहायताले उद्धार गरेर उनलाई उपचारका लागि डा. ईवामुरा अस्पतालमा पठाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लापरवाहीपूर्वक तीब्र गतिमा चलाएको कारण मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएकाे खुलेको छ ।


प्रतिकृया दिनुहोस