ट्रक दुर्घटना हुँदा बैतडीका ४७ वर्षीय जयदेवको निधन
डडेल्धुरा । अमरगढी नगरपालिका-१० ऐरगाउँ मोडस्थित सडकमा ट्रक दुर्घटना हुँदा चालकको निधन भएको छ ।
ना.५ ख २२४६ नम्बरको ट्रक आइतबार बिहान दुर्घटना हुँदा बैतडी पाटन नगरपालिका-८ बस्ने ४७ वर्षीय जयदेव बिष्टको घटनास्थलमै मृत्यु भएको छ ।
धनगढीबाट दिपायलतर्फ जाँदै गरेको सिमेन्ट लोड भएको उक्त ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस