• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ट्रक दुर्घटना हुँदा बैतडीका ४७ वर्षीय जयदेवको निधन

सनराइज खबर संवाददाता

डडेल्धुरा । अमरगढी नगरपालिका-१० ऐरगाउँ मोडस्थित सडकमा  ट्रक दुर्घटना हुँदा चालकको निधन भएको छ ।

ना.५ ख २२४६ नम्बरको ट्रक आइतबार बिहान दुर्घटना हुँदा बैतडी पाटन नगरपालिका-८ बस्ने ४७ वर्षीय जयदेव बिष्टको घटनास्थलमै मृत्यु भएको छ ।

धनगढीबाट दिपायलतर्फ जाँदै गरेको सिमेन्ट लोड भएको उक्त ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस