चन्द्रागिरीमा जेसिबी दुर्घटना, चालकको निधन
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित सेते पहरामा जेसिबी दुर्घटनामा परेर चालकको निधन भएको छ ।
दुर्घटनामा परी घाइते भएका चालक पूर्ण ध्वज केसीको उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।
ना.१क ७२९३ नम्बरको जेसिबी कच्ची सडकबाट करिब ३ सय मिटर खसेर घाईते भएका केसीलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको थियो । मकवानपुर थाहा नगरपालिका घर भएका केसीको उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परेर सोही जेसिबीमा हेल्परको काम गर्ने २७ बर्षीय अनिल दिसुवा घाइते भएका छन् । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।
पालुङबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोट तर्फ आउँदै गरेको उक्त जेसिबी प्रोगेसिभ कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको थाहा भएको छ ।


प्रतिकृया दिनुहोस