• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

चन्द्रागिरीमा जेसिबी दुर्घटना, चालकको निधन

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित सेते पहरामा जेसिबी दुर्घटनामा परेर चालकको निधन भएको छ ।

दुर्घटनामा परी घाइते भएका चालक पूर्ण ध्वज केसीको उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । 

ना.१क ७२९३ नम्बरको जेसिबी कच्ची सडकबाट करिब ३ सय मिटर खसेर घाईते भएका केसीलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको थियो । मकवानपुर थाहा नगरपालिका घर भएका केसीको उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा परेर सोही जेसिबीमा हेल्परको काम गर्ने २७ बर्षीय अनिल दिसुवा घाइते भएका छन् । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । 

पालुङबाट गणेशमान सिंह लोकमार्ग हुँदै थानकोट तर्फ आउँदै गरेको उक्त जेसिबी प्रोगेसिभ कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको थाहा भएको छ । 

प्रतिकृया दिनुहोस