हिरासतबाटै ठग्न खोज्ने नाइजेरियालीलाई सघाएपछि अध्यागमनका १४ प्रहरी तानिए
काठमाडौं । अध्यागमनको हिरातसबाटै ठगी धन्दा चलाउन खोज्ने नाइजेरियाली नागरिकलाई सघाएपछि त्यहाँ कार्यरत १४ जना सुरक्षाकर्मीलाई हटाइएको छ ।
नाइजेरिया डिपोर्ट प्रक्रियाका लागि विभागको हिरासतमा राखिएका ४६ बर्षिय जेम्स ऐडी जेबीले हिरासतबाटै ठगी धन्दा चलाएको बारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
जेम्सलाई हिरासतमा मोवाईल फाेन दिने र ठगेको पैसा बैंक खातामा राख्न सहयोग गर्नेमा प्रहरी नायव निरिक्षक (सई) जित बहादुर आले सहित १४ प्रहरी संलग्न रहेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।
‘ब्युरोको पत्रको आधारमा प्रनानी जितबहादुर सहित १४ जना प्रहरीलाई फिर्ता गरिएको छ’ महानगरीय सशस्त्र प्रहरी गण नम्बर–२ का एसपी चक्रबहादुर सिंहले सनराइज खबरलाई बताउनुभयाे–‘अध्यागमनमा नयाँ टिम पठाएका छौं ।’
कालिकास्थान स्थित अध्यागमन विभागको हिरासतमा महानगरीय शसस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जबाट प्रहरी टोली खटिँदै अएका थिए ।
लागु औषध मुद्धामा जेल भुक्तान गरेर स्वदेश फिर्ता हुने प्रक्रियामा रहेका जेम्सले सामाजिक संजाल प्रयोग गरेर ठगी धन्दा चलाउन खोजेका थिए । त्यो कुराको सुईंकाे प्रहरीले पाएपछि उनले ठग्न भने पाएनन् । फिर्ता गरिएका प्रहरी टाेलीका सबै उपर छानविन गरी कारवाही गरिने प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस