अपडेट : बाँके दुर्घटनामा १२ जनाको निधन
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गाडी दुर्घटना हुँदा निधन हुनेको संख्या १२ पुगेको छ ।
भारतबाट फर्किएका नेपाली नागरिक लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना.५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी–२ मा गएराति दुर्घटनामा परेको थियो ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा भएको दुर्घटनामा निधन हुनेको संख्या १२ पुगेको प्रदेश–५ प्रहरी कार्यालयका डीअाइजी रबिन्द्र धानुकले जानकारी दिनुभयाे ।
दुर्घटना ज्यान गुमाएका दुई जनाको सनाखत भएको बताइएको छ । तर, बाँके प्रहरीले मृतकको सनाखत भएको पुष्टि गरेको छैन् ।
गाडी दानबहादुर खड्काले चलाएका थिए । सह–चालक थिए पवन भण्डारी । ठोरीया जंगलस्थित राजमार्गमा १७ टन चालम लोड गरिएको ना.४ख ९०६४ नम्बरको ट्रकमा फोर्स गाडी ठोक्किएर दुर्घटना भएको हो ।
गाडीको ठक्करबाट सो ट्रक ४५ मिटर पर धकेलिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर ओलीले जानकारी दिनुभयाे । राहतको चाम बोकेर प्यूठान हिँडेको ट्रक बिग्रिएपछि जंगलमा रोकिएको थियो ।
दुर्घटनामा परेर घाइते भएका २१ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना घाइते हुनेको सूची :
- दाङ जिल्लाका धना गा.पा. ४ का ४५ वर्षीया मेघराज केसी
- रोल्पा जिल्ला त्रिबेणी गा.पा. ७ का १७ वर्षीया सुनिल परियार
- रोल्पा जिल्लाका २० वर्षीया बिरेन्द्र परियार
- रोल्पा जिल्लाका १८ वर्षीया पुरन परियार
- दाङ जिल्लाका तुलसीपुर उपमहानगरका ३९ वर्षीया विष्णु गिरी
- सल्यान जिल्लाका सारदा गा.पा. ६ का टीका चलाउने
- दाङ जिल्लाका राजपुर गा.पा. ६ का २० बर्षिया दिपेश चौधरी
- दाङ जिल्लाका तुलसीपुर उपमहानगर २ का २३ बर्षिया रुपलाल केसी
- रोल्पा जिल्लाका कुरैति गा.पा. २ का ५२ बर्षिया नर ब। बिक
- दाङ जिल्लाका राजपुर गा.पा. २ का २१ बर्षिया जीवन घर्ती
- रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीया दिल बहादुर बिक
- सल्यान जिल्ला कुपिण्डेदह गा पा का २० बर्षिया मिनराज बिक
- सल्यान जिल्लाका सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
- सल्यान जिल्लाका १८ वर्षीया धनबहादुर बोहरा
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा.४ का २८ बर्षिया लोकेश घर्ती
- सल्यान जिल्लाका ५२ बर्षिया दिप बहादुर बुढा
- दाङ जिल्लाका २० वर्षीया भरत थापा ९१८० सल्यान जिल्लाका शिव भण्डारी
- सल्यान जिल्लाका सिद्धकुमाख गा.पा. ५ का २६ बर्षिया निम बहादुर बादी
- ऐ का १८ वर्षीया देबेन्द्र बुढाथोकी
- ऐ का १७ बर्षिया ज्ञान बहादुर बोहरा ।
यो पनि पढौं–


प्रतिकृया दिनुहोस