बाँकेमा गाडी दुर्घटना, ११ जनाको निधन
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गाडी दुर्घटना हुँदा ११ जनाको निधन भएको छ ।
भारतबाट फर्किएका नेपाली लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना.५ ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी–२ मा दुर्घटना भएको हो ।
अाइतबार राति राप्तीसोनारी–२ स्थित ठोरी जंगल राजमार्ग सड्क खण्डमा भएको दुर्घटनामा २२ जना घाइते भएका छन् ।
यात्रुवाहक गाडी रोकिइराखेको ना.४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी कुलदिपचन्दले जानकारी दिनुभयाे ।
गाडीमा ३३ जना सवार थिए । घाइतेलाई उद्धार गरेर नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।


प्रतिकृया दिनुहोस