शान्ता चौधरीकी ‘जमिन्दारको छोरी’ शारदाको निधन
काठमाडौं । सांसद् शान्ता चौधरी कम्लरी बसेको जमिन्दारकी छोरी शारदा अधिकारी शर्माकाे निधन भएको छ ।
थानकोटमा बस्दै आएकी शारदा खाना पकाउने ग्याँस पड्किएर घाईते हुनुभएकाे थियाे ।
चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवीमा जेठ ७ मा ग्यास चुहिएर आगलागी हुँदा घाइते भएपछि उहाँलाई उपचारका लागि कीर्तिपुरस्थित मोडल अस्पताल भर्ना गरिएको थियो ।
उहाँकाे उपचारका क्रममा शनिबार निधन भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयाे ।
शारदाकाे घरमा शान्ता लामो समय कम्लरी बस्नुभएकाे थियाे ।
शारदा आयल निगमको हवाई इन्धन डिपोमा कार्यरत हुनुहुन्थ्याे ।
शान्ताले सनराइज खबरमा चलाउनुहुने शान्ताका मनका कुरा स्तम्भमा शारदालाई ल्याउनुभएकाे थियाे । उहाँहरुले वाल्य जीवनका क्षणहरुबारे राेचक संवाद गर्नुभएकाे थियाे । शान्ता सांसद् बन्नुभएपछि शारदासँग मित्रता झन् गाढा भएकाे थियाे । शान्ताले शारदालाई दिदी भन्नुहुन्थ्याे । शान्ताले राजनीतिक जीवनमा गरेकाे प्रगति देखेर अाफूलाई गर्व लागेकाे शारदाले भिडियाे संवादमा बताउनुभएकाे थियाे ।
बाल्यकालीन साथी ‘सानी दिदी’को निधनले आफूलाई मर्माहत बनाएकाे शान्ताले सनराइज खबरलाई बताउनुभयाे ।


प्रतिकृया दिनुहोस