• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

शान्ता चौधरीकी ‘जमिन्दारको छोरी’ शारदाको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । सांसद‍् शान्ता चौधरी कम्लरी बसेको जमिन्दारकी छोरी शारदा अधिकारी शर्माकाे निधन भएको छ । 

थानकोटमा बस्दै आएकी शारदा खाना पकाउने ग्याँस पड्किएर घाईते हुनुभएकाे थियाे । 

चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवीमा जेठ ७ मा ग्यास चुहिएर आगलागी हुँदा घाइते भएपछि उहाँलाई उपचारका लागि कीर्तिपुरस्थित मोडल अस्पताल भर्ना गरिएको थियो ।  

उहाँकाे उपचारका क्रममा शनिबार निधन भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिनुभयाे । 

शारदाकाे घरमा शान्ता लामो समय कम्लरी बस्‍नुभएकाे थियाे ।

शारदा आयल निगमको हवाई इन्धन डिपोमा कार्यरत हुनुहुन्‍थ्याे ।

शान्ताले सनराइज खबरमा चलाउनुहुने शान्ताका मनका कुरा स्तम्भमा शारदालाई ल्याउनुभएकाे थियाे । उहाँहरुले वाल्य जीवनका क्षणहरुबारे राेचक स‌ंवाद गर्नुभएकाे थियाे । शान्ता सांसद् बन्नुभएपछि शारदासँग मित्रता झन् गाढा भएकाे थियाे । शान्ताले शारदालाई दिदी भन्नुहुन्थ्याे । शान्ताले राजनीतिक जीवनमा गरेकाे प्रगति देखेर अ‌ाफूलाई गर्व लागेकाे शारदाले भिडियाे संवादमा बताउनुभएकाे थियाे ।

बाल्यकालीन साथी ‘सानी दिदी’को निधनले आफूलाई मर्माहत बनाएकाे शान्ताले सनराइज खबरलाई बताउनुभयाे  । 

प्रतिकृया दिनुहोस