• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ठिमीमा ट्रिपरको ठक्करबाट प्रहरीका सई घाईते 

सनराइज खबर संवाददाता

काठमाडौं । भक्तपुरको नयाँ ठिमीस्थित शंखधर चोकमा ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) घाईते भएका छन् । 

काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा.४ख ४७०१ नम्बरको ट्रिपरको ठक्करबाट सई  निमबहादुर घर्ती घाईते भएका हुन् । 

उनलाई उपचारका लागि नर्भिक अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एक अधिकृतले दिएको जानकारी अनुसार उनको अवस्था गम्भिर छ । 

ट्रिपर चालक फरार भएका छन् । 
 

प्रतिकृया दिनुहोस