ठिमीमा ट्रिपरको ठक्करबाट प्रहरीका सई घाईते
काठमाडौं । भक्तपुरको नयाँ ठिमीस्थित शंखधर चोकमा ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) घाईते भएका छन् ।
काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा.४ख ४७०१ नम्बरको ट्रिपरको ठक्करबाट सई निमबहादुर घर्ती घाईते भएका हुन् ।
उनलाई उपचारका लागि नर्भिक अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एक अधिकृतले दिएको जानकारी अनुसार उनको अवस्था गम्भिर छ ।
ट्रिपर चालक फरार भएका छन् ।


प्रतिकृया दिनुहोस