टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन
काठमाडौं । टोखा नगरपालिका–२ स्थित पञ्चेटारमा दुई वटा मोटरसाइकल एक आपसमा ठाेक्किँदा दुर्घटना भएको छ ।
आइतबार बिहान पञ्चेटारमा विपरित दिशाबाट आएको बा.९१प ११८८ र बा.८५प ५६६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको निभन भएको छ ।
निधन हुनेमा टोखा नगरपालिका–१ झोर बस्ने मनोज दुलाल र पासाङ तामाङ छन् । मृतक मनोज बा.९१प ११८८ नम्बरको मोटरसाइकल चालक हुन् ।
मोटरसाइकल पछाडि बसेकी उनकी आमा घाइते भएकी छिन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार हुँदैछ ।
अर्का मृतक पासाङ बा.८५प ५६६ नम्बरको मोटरसाईकल चालक हुन् ।
दुर्घटनाको समयमा आईपुगेको अर्को मोटरसाइकल पनि अनियन्त्रित भइ पल्टिएको छ । चालक निर्देशलाल चन्द घाईते भएका छन् । उनको पनि ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस