• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको निधन 

सनराइज खबर संवाददाता

काठमाडौं । टोखा नगरपालिका–२ स्थित पञ्चेटारमा दुई वटा मोटरसाइकल एक आपसमा ठाेक्किँदा दुर्घटना भएको छ । 

आइतबार बिहान पञ्चेटारमा विपरित दिशाबाट आएको बा.९१प ११८८ र  बा.८५प ५६६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको निभन भएको छ ।

निधन हुनेमा टोखा नगरपालिका–१ झोर बस्ने मनोज दुलाल र पासाङ तामाङ छन् । मृतक मनोज  बा.९१प ११८८ नम्बरको मोटरसाइकल चालक हुन् ।

मोटरसाइकल पछाडि बसेकी उनकी आमा घाइते भएकी छिन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार हुँदैछ । 

अर्का मृतक पासाङ बा.८५प ५६६ नम्बरको मोटरसाईकल चालक हुन् । 

दुर्घटनाको समयमा आईपुगेको अर्को मोटरसाइकल पनि अनियन्त्रित भइ पल्टिएको छ । चालक निर्देशलाल चन्द घाईते भएका छन् । उनको पनि ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस