सलाम यी सीमा रक्षकहरुलाई !
बैतडी । भारतले नेपाली सीमा मिचेर अत्याचार बढाइरहेको बेला बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) पहिलोपटक स्थापना भएको छ ।
नेपाल–भारत सीमामा पर्ने झुलाघाटमा शनिबार स्थापना भएको बिओपीको उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले गर्नुभएको हो ।
सुरक्षा चौकी नभएको ठाउँ छानीछानी, खोजीखोजी भारतले सीमा मिच्ने गरेको छ, नेपाली सीमा मिच्दै आफ्नो चौकी बनाउने गरेको छ ।
सरकारले सीमा क्षेत्रमा सशस्त्र चौकी बढाउँदै लैजाने नीति लिएको छ । केही दिन पहिले सरकारले लिपुलेक क्षेत्रमा पनि बिओपी स्थापना गरेको थियो ।
याे तस्वीर राससका विनोदसिंह विष्टले खिचेका हुन् ।


प्रतिकृया दिनुहोस