• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

पारस शाह सवार गाडी पोखरामा दुर्घटना 

सनराइज खबर संवाददाता

कास्की । पूर्व युवराज पारस शाह चढेको गाडी कास्कीको पोखरा बसपार्क नजिकै दुर्घटना भएको छ । 

पारस सवार बा.१४प २१३१ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्रापिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

शनिबार बिहान स्वास्थ्य परिक्षणका लागी गण्डकी अस्पताल तर्फ जाँदै गर्दा उनको गाडी दुर्घटना भएको हो । उनलाई चोटपटक लागेको छैन । 

गाडीको ठक्करबाट एउटा बाच्छो मरेको छ भने एउटा गाई घाइते भएको छ । 

प्रहरीले गाडी चालक अशोक गुरुङलाई ईलाका प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । उनलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । 

चालक गुरुङले विपरित दिशाबाट आएको ट्रकले हेडलाईट डिम नगरेका कारण दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । 
 

प्रतिकृया दिनुहोस