• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

'सांसद अपहरण'को अनुसन्धान फाईल सरकारी वकिलमा 

राजेश भण्डारी

काठमाडौं । सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । 

पूर्व आईजीपी सर्वेन्द्र खनाल, दुई सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किशान’ संलग्न  सो मुद्दाको अनुसन्धान फाईल सरकारी वकिल कार्यालयमा बुझाइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सरकारी वकिल कार्यालयमा अनुसन्धान फाईल बुझाएको सनराइज खबरलाई बताए । 

उनले भने–‘अनुसन्धान पुरा गरेर फाईल बुझाएका छौं, मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाट हुन्छ ।’

वैशाख १० मा सर्वेन्द्र खनाल  र दुई सांसदले डा.यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए । 

जनता समाजवादी पार्टीले उनको अपहरण गरिएको दावी गरेर जाहेरी दिएपछि काठमाडौं प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो । 

काठमाडौं प्रहरी स्रोतका अनुसार अनुसन्धानबाट ‘अपहरण’ पुष्टि नभएको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई ‘मुद्दा चलाउन नमिल्ने’ सिफारिस गरेको छ । 
 

प्रतिकृया दिनुहोस