'सांसद अपहरण'को अनुसन्धान फाईल सरकारी वकिलमा
काठमाडौं । सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ ।
पूर्व आईजीपी सर्वेन्द्र खनाल, दुई सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किशान’ संलग्न सो मुद्दाको अनुसन्धान फाईल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सरकारी वकिल कार्यालयमा अनुसन्धान फाईल बुझाएको सनराइज खबरलाई बताए ।
उनले भने–‘अनुसन्धान पुरा गरेर फाईल बुझाएका छौं, मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाट हुन्छ ।’
वैशाख १० मा सर्वेन्द्र खनाल र दुई सांसदले डा.यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।
जनता समाजवादी पार्टीले उनको अपहरण गरिएको दावी गरेर जाहेरी दिएपछि काठमाडौं प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।
काठमाडौं प्रहरी स्रोतका अनुसार अनुसन्धानबाट ‘अपहरण’ पुष्टि नभएको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई ‘मुद्दा चलाउन नमिल्ने’ सिफारिस गरेको छ ।


प्रतिकृया दिनुहोस